Comments Add Comment

युएईलाई चौथो झड्का, सन्दीपले लिए दोस्रो विकेट

फाइल फोटो

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको चौथो विकेट लिएको छ ।

नेपालले २९.१ ओभरमा तेस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले शैमन अन्वारलाई ३ रनमा आउट गराएका हुन् ।

यसअघि बसन्त रेग्मीले तेस्रो विकेटको रुपमा रमिज शाहजादलाई ३५ रनमा एल्बिडब्लु आउट गराएका थिए । नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेटको रुपमा अश्फाक अहमदलाई ४५ रनमा एल्बिडब्लु आउट गराएका थिए ।

त्यस्तै, सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भएका थिए ।

अहिले क्रिजमा चिराग सुरी ५० र मोहम्द उस्मन ६ रनमा खेलिरहेका छन् । युएईले ३० ओभरको समाप्तिमा ४ विकेट गुमाएर १४३ रन बनाएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा जारी खेलमा नेपाल जितको खोजिमा रहेको छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको लागि आगामी यात्रा सहज हुनेछ ।

आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले पनि आजको खेलमा नेपालको लागि जित्नै पर्नै दबाब छ । यता, युएईले भने आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१५ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment