१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको युएईको आठौं विकेट पतन भएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले आफ्नो ब्यक्तिगत अन्तिम ओभरमा २ विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका हुन् । सन्दीपले ४४.४ ओभरमा अब्दुल शाकोरलाई १० रनमा आउट गराएका थिए ।
त्यस्तै ४४.५ बलमा अर्को विकेटको रुपमा मोहम्मद नभिदलाई शुन्य रनमा आउट गराउँदै एकै ओभरमा २ विकेट लिए । हृयाट्रिक विकेट लिनबाट भने सन्दीप चुके ।
सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २४ रन खर्चेर ४ विकेट लिएका छन् ।
अहिले युएईको ४५ ओभरको समाप्तिमा ८ विकेटको क्षतिमा २१३ रन बनाएको छ ।
यसअघि ओपनर ब्याट्सम्यान चिराग सुरीलाई दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट फिल्डिङ गर्दै सुरीलाई ६५ रनमा रनआउट गराएका थिए ।
यसअघि सन्दीपले शैमन अन्वारलाई ३ र युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराएका थिए ।
त्यस्तै, बसन्त रेग्मीले अश्फाक अहमदलाई ४५ र रमिज शाहजादलाई ३५ रनमा एल्बिडब्लु आउट गराएका थिए । तयस्तै, सोमपाल कामीले मोहम्द उस्मनलाई १३ रनमा आउट गराएका थिए ।
प्रतिक्रिया 4