+
+
Shares

नेपालले भुटानलाई भन्यो : हाम्रा केही एजेण्डा छन्, नयाँ सरकार पर्खिरहेका छौं

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १५ गते १४:४९

१५ भदौ, काठमाडौं । सरकारले भुटानी शरणार्थी लगायतका मुद्दामा भुटानको नयाँ सरकारसँग कुरा गर्ने बताएको छ ।

बिमस्टेक सम्मेलनमा अन्तरिम सरकारका प्रमुख एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक नेपाल आएका थिए । शुक्रबार १८ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलन सकिएको छ । सम्मेलनका क्रममा भुटानका अन्तरिम सरकार प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए ।

यो भेटमा भुटानी शरणार्थी लगायतका विषयमा खासै कुराकानी भएको छैन । ‘उहाँहरुलाई तपाईहरुको नयाँ सरकारलाई पर्खिरहेका छौं । हाम्रो एजेण्डाहरु छन् है भनेका छौं’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?