Comments Add Comment

विमानस्थलबाट फर्काइएका पूर्वलडाकु विष्टद्वारा सर्वोच्चमा रिट दायर

१५ भदौ, काठमाडौं । थाइल्याण्ड जान लाग्दा त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वलडाकु लेनिन विष्टले सर्वोच्चमा रिट दायर गरेका छन् ।

थाइल्याण्ड जानबाट रोकेर संविधानले दिएको स्वतन्त्रताको हक र समानताको हक उलंघन भएको भन्दै उनले आफूलाई रोक्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको पत्र बदर गरी विदेश जानबाट नरोक्न आदेश जारी गर्न माग गरेका छन् ।

विष्टले गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रीका विशेष सल्लाहकार सूर्य सुवेदी पथिक, अध्यागमन विभाग, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय लगायतलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

भदौ ८ गते त्रिभुवन विमानस्थलबाट थाइल्याण्ड जान लाग्दा विष्टलाई अध्यागमनका कर्मचारीहरुले राहदानीमा प्रस्थानको छापमा रद्द गरिएको छाप लगाई बोर्डिङ पाससमेत खोसेका थिए । अध्यागमनले थाइल्याण्ड कार्यक्रममा जान लागेकोमा जुन कार्यक्रममा जान लागेको हो त्यस विषयमा संवद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस र स्वीकृति नदेखिएकोले प्रस्थान अनुमति नदिएको’ ब्यहोरो उल्लेख गरेर निवेदन दिएको थियो ।

आफूलाई थाइल्याण्ड जानबाट रोकेर सरकारले नेपालको संविधानले दिएको स्वतन्त्रताको हक र समानताको हक अपहरित भएको भन्दै विष्टले रिटमा आफूलाई थाइल्याण्ड जानबाट रोक्ने आदेश बदर गर्न माग गरेका छन् । आफूलाई विदेश जानबाट रोक लगाएको पत्र उत्प्रेषणको आदेशद्वारा बदर गरी राहदानीको अवधी कायम रहेसम्म विदेश जानबाट नरोक्न परमादेशको आदेश माग गरेका छन् ।

आफूलाई थाइल्याण्डको कार्यक्रममा भाग लिन जान संविधानको कुनै पनि व्यवस्थाले नरोक्ने उनले रिटमा उल्लेख गरेका छन् । उनको रिटमा आइतबारलाई पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment