Comments Add Comment

गोगंबुको बिजी मलमा सुरु भयो ‘फेस्टीभ सेल मेला’

१६ भदौ, काठमाडौं । काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘फेस्टीभ सेल मेला’ सुरु भएको छ ।  आउदैँ गरेको चाडबाडलाई मध्यनजर गर्दै मेला सुरु भएको हो । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट दिइने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले दाबी गरे ।

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘फेस्टीभ सेल मेला’ को आयोजना गरिएको मलले जानकारी दिएको छ ।  ‘फेस्टीभ सेल मेला’ भदौ १६ गतेदेखि ३१ (अगष्ट ३१ देखि सेप्टेम्बर १६) गतेसम्म सञ्चालन हुनेछ । मेला अवधिमा किनमेल गर्ने ग्राहकहरुलाई दैनिक रुपमा उपहार समेत दिइने मलले जनाएको छ ।

मलले यसअवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ता, चप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्रीसहित मलमा उपलब्ध विभिन्न सामाग्रीमा छुटको व्यवस्था गरेको छ । ग्राहकले किनेमेलमा पचास प्रतिशतसम्म छुट पाउने कार्यक्रम संयोजक तिमल्सिनाले जानकारी दिए ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।  साथै ‘फेस्टीभ सेल मेला’ अवधिभर मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रमहरु समेत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment