Comments Add Comment

म्यानचेस्टर सिटीको तेस्रो जित, न्यूक्यासल २-१ ले हार्‍यो

१७ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटीले न्यूक्यासललाई हराउँदै आफ्नो अपराजित यात्रा जारी राखेको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई २-१ ले हराएको हो ।

सिटीको जितमा रहिम स्ट्रर्लिङ र वाल्करले गोल गरे । न्युक्यासलका लागि डिआन्द्रे यड्लिनले एक गोल फर्काएका थिए ।

आठौं मिनेटमा स्ट्रर्लिङको गोलबाट सिटीले अग्रता लिएको थियो । तर, उसको अग्रता धेरै समय टिकेन । ३० औँ मिनेटमा न्यूक्यासलका यड्लिनले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि सिटीका वाल्करले ५२ औं मिनेटमा निर्णायक गोल गरे ।

म्यानचेस्टर सिटीले यसअघिका दुई खेल जितेको थियो भने तेस्रो खेलमा बराबरी भएको थियो । तेस्रो जित हात पार्ने क्रममा न्यूक्यासललाई हराउँदै सिटीले १० अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment