Comments Add Comment

वीरगञ्जकी श्वेता बनिन् मिस प्रदेश २, मिस्टरको उपाधि बाराका सागरलाई

१७ भदौ, वीरगञ्ज । वीरगञ्जकी स्वेता जोशीले मिस प्रदेश २ र बारा जीतपुरका सागर साहले मिस्टर प्रदेश २ को उपाधि हात पारेका छन् ।

वीरगञ्जमा आयोजित प्रदेशस्तरीय प्रतियोगितामा अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै जोशी र साहले उपाधी चुमेका हुन् ।

नेसेन्ट इभेटन्श एण्ड मैनेजमेन्टले पहिलो पटक वीरगञ्जमा यस्तो प्रतियोगिता आयोजना गरेको थियो । वीरगञ्जको नगरसभा गृहमा भएको प्रतियोगीतामा उपाधि विजेता जोशी र साहले नगद १० हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी फष्ट रनरअपको उपाधि स्नेहा गुप्ता र सुलभ चौधरीले हात पारे । करण बिश्वकर्मा र सालिनी रौनीयार सेकेन्ड रनरअप घोषित भए ।

बेस्ट फोटो जेनिकमा महिला तर्फ सालिनी रौनीयार, पुरुषतर्फ राज ठाकुर भएका छन् भने बेस्ट फिजिकल टाइटलमा महिलातर्फ स्वेता जोशी, पुरुषतर्फ रकी झाले प्राप्त गरे ।

यस्तै बेस्ट वर्कतर्फ महिलामा सलोनी बिष्ठ, पुरुषतर्फ सुलभ चौधरी छानिइन् । यसैगरी बेस्ट पर्सनालीटीको उपाधी पुरुषमा अंकित कुश्वाहा, महिलातर्फ स्नेहा गुप्ताले हात पारिन् ।

बेस्ट पंचुवल टाइटलतर्फ पुरुषमा नरोज पटेल, महिलामा निकिता लामिछाने, मिस्टर ट्याइलेन्ट पुरुषमा सागर साह, मिस ट्यालेन्टको उपाधि आरोही पटेल, बेस्ट स्माइलमा महिलातर्फ रितु यादव र पुरुषतर्फ करण बिश्वकर्मा घोषित भएका छन् ।

प्रतियोगितामा बेस्ट डिसिप्लीनमा पुरुषतर्फ गौरब शर्मा, महिलामा पलक पाण्डे चयन भएको आयोजक संस्थाका प्रबन्धक निर्देशक सन्दीपकुमार पण्डितले बताए । भ्युवर च्वाइसको उपाधि पुरुषतर्फ अंकित कुशवाहा, महिलातर्फ आरोही पटेलले प्राप्त गरेकी पण्डितले जानकारी लिए ।

प्रतियोगितामा ८ जना पुरुष तथा ८ जना महिलाहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा एक्सपोज नेपाल डटकमकी अर्चना थापा, मिस नेपाल-२०१८ मा पाँचौ स्थान हासिल गर्न सफल सिर्जना रेग्मी, उरिसा जोशी, मदन दवादी, जैग सिंह र भेषराज खत्रिले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रदेशस्तरीय मिस्टर एण्ड र मिस प्रतियोगितामा झण्डै ३ लाख खर्च भएको आयोजक संस्थाका सदस्य राहुल सिंह राजपूतले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment