+
+
Shares

युएनएको सम्मेलन : कलाकार र एनआरएनको जमघट हुने

घले दम्पत्ति, भवन भट्ट, जोली अमात्य, बुद्ध लामा, इन्दिरा जोशी र  तेरिया मगर सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १६ गते १४:१६

डिसी । न्यूयोर्कमा आगामी मे २५ र २६ तारिखमा हुने युनाइटेड नेप्लिज एशोसिएसन (युएनए) को चौथो सम्मेलनमा नेपाललगायत विभिन्न राष्ट्रहरुबाट विशिष्ट तथा समुदायका चर्चित व्यक्तित्वहरुले सहभागिता जनाउने भएका छन् ।

गतवर्ष मेमोरियल दिवस (स्मारक )को अवसरमा अमेरिकाको टेक्सस राज्यमा सफलता पूर्वक सम्पन्न भएको युएनएको सम्मेलनमा गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्वअध्यक्ष शेष घले आफ्नी जीवन संगिनी जमुना घलेका साथ आएका थिए । यस पटक पनि शेष घले / जमुना घले आउने भएका छन ।

यसको साथै वर्तमान गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष भवन भट्ट जापानबाट आउने पक्का भएको छ ।

प्रथम हवाइजहाज निर्माण गर्ने विमान चालक प्रमोद रेग्मीका साथै हाल सयुक्त राष्ट्र संघकी पूर्वयुवा सम्मेलनकी सभापति तथा हाल मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथको सचिवालयमा कार्यरत जोली अमात्यले समेत सहभागिता जनाउने सम्मेलनका सह संयोजक पवन योञ्जनले जानकारी दिएका छन् ।

यसै गरी अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की (विद्या वारिधि), युएनएका संस्थापक तथा सफल ब्यबसायी पासांग लामा ,नेपाल सरकारकालागि बाणिज्यदूत एसी शेर्पा , टेक्ससबाट एनआरएन अमेरिकाका लागि प्रादेशिक संयोजक गौरी राज जोशी, युएनएका संयोजक सोनाम लामा तथा न्यु योर्क शहरका लागि परिषद सदस्य कोस्टा कंस्टयाटिनिडिसको पनि सहभागिता हुने छ ।

युएनएका संस्थापक तथा संयोजक सोनम लामा आयोजक नै हुन् तथापि उनीहरुको भूमिका निकै महत्वपूर्ण हुने हुनाले उनीहरुले बिशेष अतिथिहरुलाई स्वागत, हेरचाह गर्ने छन ।

प्रथम नेपाल आइडलका प्रथम बिजेता बुद्ध लामा, इन्दिरा जोशी, तेरिया मगर, मिस नेपाल युनिभर्स मनिता देवकोटा तथा चर्चित गायक धिरज राईलगायत अन्यहरुको सहभागिता हुने छ ।

गत ३ वर्षदेखि सम्मेलन गर्दै आएको युएनएले यसपटक पनि अमेरिकाको टेक्सस ड्यालसमा गर्ने भएको छ । प्रथम सम्मेलन क्यालिफोर्नियामा गरेको थियो भने दोश्रो सम्मेलन टेक्ससको ड्यालस मै गरेको थियो ।

युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) संस्थापक पासांग लामा ले युवाहरुको काँधमा जिम्मेवारी सुम्पिएकोले यस्ले निकै अर्थ लाग्दछ भन्दै सबैलाई सहभागी हुन् आग्रह गरेका छन् ।

सम्मेलनमा बिभिन्न खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, अभिमुखीकरण, गोष्ठी कार्यशाला, बालबालिका लक्षित बिबिध कार्यक्रम हुने छ ।

गत वर्ष शेष घले तथा जमुना घलेले उत्प्रेरणादायक आफ्ना कथा सुनाएका थिए भने यस पटक पनि यस्ता कुराहरु सुन्ने युवाहरुले पाउने भएका छन् ।

मुलत अमेरिकामा जन्मेका दोस्रो पुस्ता तथा युवाहरु सम्भावनाका भण्डार भएकोले उनीहरुलाई प्राथमिकताको साथ यस सम्मेलनमा पनि संलग्न गराइएको जानकारी सोनाम लामाले दिएका छन् ।

नेपाली समुदायका सदस्यहरुलाई मुलधारमा कसरी लग्ने, राजनीतिमा कसरी सहभागिता जनाउने ,मुलधारमा प्रवेश गरी राजनीतिमा कसरी आफ्नो पहिचान राख्ने आदी इत्यादी बिषयमा समेत सचेतना ल्याउने काममा युनाइटेड नेप्लिज एशोसिएशन (युएनए)ले भूमिका निर्वाह गर्ने संस्थापक पासाङ लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?