Comments Add Comment

साहरुखले पढे २० वटा स्क्रिप्ट, तर लिन सकेनन् फैसला

बलिउडमा अहिले स्टारको क्रेज भन्दा कथा बिक्छ । थुप्रै बलिउडका सुपरस्टारहरुको चलचित्रले बक्स अफिसमा हावा खाँदा कथावस्तु राम्रा भएका चलचित्रले करोडौ कमाइरहेका छन् । यसैले पनि बलिउडका स्टारहरु अहिले चलचित्रमा काम गर्नु अगाडि हजार पटक सोच्ने गर्छन् ।

यही सूचीमा पर्छन्, नायक साहरुख खान । पछिल्लो रिलिज चलचित्र ‘जिरो’ असफल भएपछि नायक साहरुख खान नयाँ चलचित्रमा काम गर्न धेरै पटक सोचिरहेका छन् । उनले, केही समय अगाडि जुन महिनामा आफ्नो नयाँ प्रोजेक्टको बारेमा जानकार दिने बताएका थिए । तर, साहरुख खानले अब यो योजना पनि पछाडि धकेलेका छन् ।

साहरुखले भनेका छन्–‘म यसपटक चलचित्रको घोषणा त्यतीबेला गर्नेछु, जुन समय मलाई लाग्नेछ कि मैले यो चलचित्रमा काम गर्नुपर्छ । तर, मलाई अहिलेसम्म त्यस्तो लागेको छैनँ । मैले अहिलेसम्म १५–२० वटा कथा सुनिसकेको छु । मलाई २–३ वटा कथा मन पनि परेका छन् । तर, मैले अहिलेसम्म कुन चलचित्रमा काम गर्ने फैसला गरेको छैन ।’

साहरुखले अगाडि भनेका छन्–‘जब म कुनै चलचित्रमा काम गर्छु भनेर फैसला लिन्छु, मैले त्यसको काम तत्काल सुरु गर्नुपर्ने हुन्छ । म पुरा रुपमा त्यो चलचित्रमा डुब्न थाल्छु ।’ साहरुख खानले नयाँ चलचित्रमा काम गर्ने पक्का नगरेपनि भारतीय मिडियामा भने उनको बिषयलाई लिएर नयाँ नयाँ समाचार सार्वजनिक भैरहेका छन् । साहरुख यसपटक राम्रो कथामा काम गरेर बक्स अफिसमा धमाका मच्चाउने सोचमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment