Comments Add Comment

गुल्मीमा फैलिएको झाडापखला आंशिक रुपमा नियन्त्रण

१६ वैशाख, गुल्मी । गत सातादेखि मुसिकोट नगरपालिका-४ दजाकोटमा फैलिएको झाडापखला आंशिकरुपमा नियन्त्रणमा आएको छ ।

आइतबारसम्म झाडापखलाका बिरामीहरु देखिएपनि सोमबार नयाँ बिरामीहरु नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख श्रीकृष्ण भट्टराईले बताए ।

बिरामीहरुलाई लक्षित गरेर स्थानीयस्तरमै राखिएको स्वास्थ्य शिविरमा बिहानैदेखि थप कुनै पनि बिरामीहरु नआएको भट्टराईले बताए । सिङ्गो गाउँमा फैलिएको झाडापखलाबाट आइतबारसम्म करिब २ सय जना बिरामी भएका थिए ।

झाडापखलाबाट दजाकोट ४ का १२ वर्षीय बालक रेशम सिंजालीको मृत्यु भएको छ । भने एक जनाको चितवन उपचार भइरहेको छ ।

गुल्मी अस्पतालमा उपचारत मध्ये सबै बिरामी निको भएर घर फर्किएको गुल्मी अस्पताल प्रमुख उत्तम पच्चाले बताए ।

प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यलय गुल्मी र गुल्मी अस्पतालका डाक्टरको अस्थायी स्वास्थ्य शिविरमा केहि दिनको लागि यथावत राखिने मुसिकोट नगरपालिका स्वस्थ्य संयोजक डिबी जिसीले बताए । एउटै मुलको पानी पिउने स्थानीयहरुमा झाडापखला फैलिएको छ ।

पानी परीक्षण गर्दा दिसामा पाइने कोलिर्फम भेटिएको गुल्मी अस्पताल प्रमुख उत्तम पच्चाले बताए । सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ डक्टर सहित अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको समन्वयमा इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टोलीले बिरामीले पिउने पानी र दिसाको नमुना लिएर फर्किएको छ ।

झाडापखला फैलिएको स्थानमा जिल्ला स्वस्थ्य कार्यालय गुल्मी, गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाले सचेतना कार्यक्रम गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा स्थानीयलाई राखेर पानी उमालेर प्रयोग गर्न,हात मिचिमिची धुनेलगायतका सल्लाह, सुझाव दिइ विरामीसँग भेटघाट गरेर सचेतना कार्यक्रम गरिहेको संयोजक जिसीले बताए ।

झाडापखला प्रभावित क्षेत्रमा भैरहवाबाट खानेपानी तथा सरसफाइ कार्यालयबाट ल्याबसहितको टोली बिशेषज्ञ टोली गुल्मी आउँदै गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

०७३ सालमा गाउँ नै ध्वस्त हुने गरी आगलागी भएको र त्यस समयमा अरु प्रयोजनका लागि ल्याइएको पानी स्थानीयले खानेपानीको लागि प्रयोग गर्दै आएका थिए ।

प्रभावित क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रत्येक घरलाई एक कार्टूनका दरले बोतलको पानी उपलब्ध गराएको मुसिकोट नगरपालिका नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए । नगरपालिकाले दैनिक ट्याकरबाट पनि पानी बितरण गरिरहेको सापकोटाले बताए ।

सोही स्थानमै ०७३ साल वैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानीयले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।

५६ घरधुरी जलेर नष्ट भएको थियो भने १ जनाको मृत्युसमेत भएको थियो । घर गोठसहित ७० वटा जलेको १० करोड भन्दा बढीको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment