
News Summary
Generated by OK AI. Editorially reviewed.- चीन प्रशासित तिब्बतको हिमालय क्षेत्रमा आतिशबाजी गरेको अभियोगमा ४ जना अधिकारीलाई बर्खास्त गरिएको छ।
- आर्क टेरिक्सले हिमालय क्षेत्रमा आतिशबाजी गरेको फोटो/भिडियो सार्वजनिक भएपछि आलोचना भएको थियो।
- शिगात्सेका अधिकारीहरूले संलग्नहरूलाई चेतावनी दिइएको र जरिवाना तिर्नुपर्ने बताएका छन्।
३० असोज, काठमाडौं । चीन प्रशासित तिब्बतको हिमालय क्षेत्रमा आतिशबाजी गरेको अभियोगमा ४ जना अधिकारीलाई बर्खास्त गरिएको छ ।
गत महिना तिब्बतमा कपडा उत्पादक कम्पनी आर्क टेरिक्सले हिमालय क्षेत्रमा आतिशबाजी प्रदर्शन गरेको थियो । जसको चीनमा निकै आलोचना भएको थियो ।
सोही घटनामा सरकारले ४ जना चिनियाँ अधिकारीलाई बर्खास्त गरेको बीबीसीले जनाएको छ ।
तिब्बतको हिमालय क्षेत्रमा ‘राइजिङ ड्रागन’को आकृति देखिनेगरी आतिशबाजी गरिएको फोटो/भिडियो सार्वजनिक भएको थियो ।
आतिशबाजीका कारण पर्यावरणमा नोक्सानी पुग्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए ।
आलोचनापछि आर्क टेरिक्स र सो कार्यक्रमको डिजाइन गर्ने चिनियाँ आतिशबाजी कलाकार साइ गो चियाङले माफी मागेका थिए ।
तिब्बतको शिगात्से शहरका अधिकारीहरूले बुधबार एक वक्तव्य जारी गर्दै यस मामिलामा संलग्नहरूमाथि छानबिन चलिरहेको र उनीहरूलाई चेतावनी दिइएको जानकारी दिएका थिए ।
सरकारी अधिकारीहरूले आर्क टेरिक्स र साइ गो चियाङले प्रतिबन्धित गतिविधिका लागि जरिबाना तिर्नुपर्ने र पर्यावरण सुधारका लागि काम गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया 4