
हाँस्य कलाकार किरण केसीले ललितपुरको इमाडोलमा ‘राता मकै गेट’ निर्माण गरेका छन् । राता मकै चोकमा यो गेट निर्माण गरिएको हो । यो गेटको आज लक्ष्मिनगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
मेयर श्रेष्ठले किरण केसीको यो कामलाई उदाहरणिय भनेका छन् । यस्तै, कलाकार हरिवंश आचार्यले किरणको समाजसेवालाई प्रशंसा पनि गरे । कार्यक्रममा बोल्दै किरणले आफूले नाम कमाउनका लागि यस्तो काम नगरेको बताए । उनले, लक्ष्मीनगरपालिकालाई यो गेटले चिनाउने आशा व्यक्त गरे । उनले, आफूले लामो समयदेखि यस्तो काम गर्दै आएको बताउँदै समाजसेवा गरेर नाम कमाउने उद्देश्य नभएको सुनाए । उनका अनुसार, यो गेट निर्माणका लागि करिब ६ लाख खर्च भएको छ ।
कार्यक्रममा किरणले नगरपालिकाले अनुमती दिएको खण्डमा आफूले लक्ष्मीनगरपालिकामा पनि गेट बनाउने बताएका थिए ।
प्रतिक्रिया 4