Comments Add Comment

लिबियामा संकटकाल घोषणा

१८ भदौ, काठमाडौं । लिबियाको राजधानी त्रिपोलीमा विद्रोही समूहसँगको लडाइँ चर्किएपछि संकटकाल घोषणा गरिएको छ ।

विद्रोहीसँग घमासान लडाइँ भएपछि संयुक्त राष्ट्र समर्थित सरकारले संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको लडाइँको क्रममा जेलबाट करिब ४ सय कैदी फरार भएका छन् । प्रहरीका अनुसार कैदीहरु आइन जारा भन्ने स्थानको जेल फोडेर फरार भएका हुन् । जेलका सुरक्षाकर्मीहरु आफ्नो ज्यान जोगाउन भागेका थिए ।

आइन जारा जेलमा राखिएका धेरैजसो कैदी लिबियाका पूर्व नेता मोअमर गद्दाफीका समर्थक थिए । सन् २०११ मा गद्दाफीको सरकारविरुद्ध भएको विद्रोहमा हत्या गरेको आरोप यिनीहरुमा लगाइएको थियो ।

यसैबीच आइतबार राजधानी त्रिपोलीको एक शहरी क्षेत्रमा भएको रकेट हमलामा दुई जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्ति घाइते भएका छन् ।

सरकारी र विद्रोही समूहबीच लडाइँ चर्किएपछि हजारौं व्यक्तिहरु बिस्थापित भएका छन् ।

त्रिपोलीमा जारी हिंसाका कारण कम्तिमा ३९ जनाको मृत्यु भइसकेको छ । मारिनेमा सर्वसाधारण नागरिक पनि छन् ।

लिबियामा संयुक्त राष्ट्र समर्थित सरकार सत्तामा छ । तर देशका अधिकांश हिस्सामा विद्रोहीको नियन्त्रण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment