Comments Add Comment

मोरङ र सिन्धुपाल्चोकमा २ को मृत्यु, २ वेपत्ता

१८ भदौ, काठमाडौं । मोरङ र सिन्धुपाल्चोकका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् ।

मोरङको कानेपोखरी गाउँपालिकामा आइतबार खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका-७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका ६ वर्षीय छोरा रेशम दर्जीको मृत्यु भएको हो ।

त्यस्तै कानेपोखरी गाउँपालिका-३ मा आफ्नै घरको माछा पोखरीमा डुबेर विशाल राईको दुई वर्षीय छोरा अभि राईको मुत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सुनकोशीमा दुई भारतीय बेपत्ता

यसैगरी सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा दुई जना भारतीय नागरिक वेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम- ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् ।

माछा मार्नसुनकोशीमा गएका उनीहरुलाई आइतबार नदीले बगाएको थियो ।

उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment