Comments Add Comment

पाकिस्तानलार्इ हराउँदै सुखद सुरूवात चाहन्छ नेपाल

१७  भदौ, ढाका । साफ च्याम्पियनसिप फुटबल २०१८ को पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्यसका लागि नेपाली फुटबल टिम तयारीका साथ आइतबारै ढाका आइपुगेको हो ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार दिउँसो ४ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल पाकिस्तानलाई पराजित गर्दै आफ्नो शुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

प्रिम्याच कन्फ्रेन्समा नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । मुख्य प्रशिक्षक महर्जनले भने, ‘हामी यहाँ उपाधि जित्न आएका हौं । हाम्रो पहिलो लक्ष्य भनेको सेमिफाइनल पुग्ने र त्यसपछि उपाधि जित्ने नै हो ।’

उनले अघि थपे ‘हामीसँग सुमन अर्याल नयाँ खेलाडी छन् । हाम्रा खेलाडीले कडा अभ्यास गरेका छन् । हामी उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छौ ।’

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् । समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।

हेड टु हेड

पाकिस्तान र नेपाल अहिलेसम्म १५ पटक भेट भएका छन् । नेपालले ५ खेलमा जितेको छ भने ५ खेलमा बराबरी र ५ खेलमा हार ब्यहोरेको छ ।

नेपालले पहिलो खेल सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग १-० गोलको पराजय भोगेको थियो ।
पछिल्लो पटक सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले १-१ गोलको बराबरी खेलमा खेल टुंग्याएको थियो । १-० गोलले पछि परेको नेपालका लागि अन्तिम समयमा विमल घर्तिमगरले गोल गर्दै बराबरी दिलाएका थिए ।

नेपाली फुटबल टिम

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने
डिफेन्डर – आदित्य चौधरी, दिनेश राजवंशी, देवेन्ऽ तामाङ, विराज महर्जन, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल ।
मिडफिल्डर – हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का ।
फरवार्ड – भरत खवास, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, अञ्जन विष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment