Comments Add Comment

काठमाडौंमा स्मार्ट पार्किङका लागि आशयपत्र आह्वान

२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले धर्मपथ (न्यूरोड) मा ‘अटोमेटेड स्मार्ट पार्किङ’ निर्माण गर्न आशयपत्र आह्वान गरेको छ । स्मार्ट पार्किङ निर्माणका लागि इच्छा राख्ने निजी स्वदेशी तथा विदेशी कम्पनीसँग महानगरपालिकाले आशय-पत्र माग गरेको हो ।

सार्वजनिक सूचनाबाट आशय माग गर्दै महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त उपक्रम -ज्वाइन्ट-भेन्चर जेभी) मा असोज १ गतेभित्र आशय पत्र दर्ता गर्न भनेको छ ।

‘सहरी व्यवस्थापनमा सबै आवश्यकता पूरा गर्न महानगर एक्लैको श्रोत अपुग हुन सक्छ । अर्कातिर महानगर एक्लैले काम गर्दा सहभागिताको पक्ष कमजोर बन्छ । त्यसैले हामीले डिएफबिओटि मोडेलमा हाम्रो मापदण्ड र लगानीकर्ताको डिजाइनमा काम गर्न निर्णय गरेका छाैं,’ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य भने,’सरकार, लगानीकर्ता र सेवाग्राही सबैलाई समान लाभ हुने तथा दिगो बिकासका लागि सहभागिताको मोडेलमा काम गर्छौं ।’

उनका अनुसार सार्वजनिक निजी साझेदारिताको बिधिबाट विकासकर्तालाई समेट्न महानगरले यस प्रकारको ढाँचा अघि सारेको हो । डीएफबीओटी मोडेलमा लगानीकर्ताको डिजाइनलाई महानगरले आˆनो मापदण्ड बमोजिम स्वीकृत गर्छ । स्वीकृत डिजाइनमा विकासकर्ताले भौतिक संरचना तयार गर्छ, महानगरसँग भएको सम्झौताका आधार र विधिमा निश्चित समय सञ्चालन व्यवस्थापन गर्छ र तोकेको समय पुगेपछि दुरुस्त अवस्थामा महानगरलाई हस्तान्तरण गर्छ ।

स्मार्ट पार्किङको डिजाइन गर्न लगानीकर्तालाई हामीेले केही सूचक दिएका छौं । महानगरको सार्वजनिक निजी साभेदारि इकाई प्रमुख महेश काफ्ले भन्छन्- भवन ग्रीन बिल्डिङ्, स्मार्ट प्रविधि र एकीकृत यातायात प्रणालीमा आधारित हुनेछ । ५०० वटा सवारी पार्किङ्का लागि बनाइने यो भवन ७ तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनु पर्ने तथा कुल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने यसका थप सूचक हुन्।’

कहिलेकाहीँ सवारी धनीले आफ्नो सवारी साधन यस ठाउँमा पार्किङ गरेर आफू अन्य सवारीको प्रयोग गर्नु पर्ने अवस्था पनि हुन सक्छ । त्यस्तै शारीरिक रुपमा अशक्त कसैलाई अर्को सवारीसँगको पहुँच आवश्यक पर्न सक्छ । यस अवस्थालाई मध्यनगजर गर्दै पार्किङ् भवन प्यारा ट्रान्जिट अर्थात् भवनभित्रकै एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने व्यवस्थासहितको हुनेछ ।

यो सेवा आˆना ग्राहकहरुको सहजताका लागि ट्रयाक्सी, बस वा अन्य सार्वजनिक यातायातसम्म पहुँच पुर्‍याउनका लागि हो । भवनमा पार्किङ् गर्न आउँदा र जाँदा उपभोग गर्न मिल्ने अन्य सुविधाहरु पनि हुनेछन् । यी सुविधाहरुमा बस्ने मेच टेवल, पार्किङ्ग क्षेत्रको विवरण देखाउने डिस्प्ले, पार्किङ शुल्क असुली प्रणाली जस्ता विषय पर्छन् । भवनका इन्टरसेक्सन -चोकहरु) पैदल यात्रु तथा सवारी गतिमैत्री हुनेछन् ।

निर्माण सम्पन्न भएपछि यस प्रकारको संरचना नेपालमा नै पहिलो हुनेछ । यस संरचनामा आकाशे पानी संलकन विधि जडान गरिनेछ भने पार्किङ स्थल पहुँचयुक्त, पैदलयात्रीमैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा, पार्किङ् सेन्सर, विद्युतीय टिकट संकलन तथा भुक्तानी पद्धति, गतिविधिलाई रियल टाइममा मोनिटरिङ गर्न सकिने विधि हुनेछ ।

यो संरचना बनाउन महानगरले धर्ममथमा भएको १ रोपनी १० आना जग्गा उपलब्ध गराउनेछ । लगानीकर्ताले यस प्रकारको संरचना बनाउन सक्छु भनेर आफूलाई प्रमाणित गर्ने अनुभव, आर्थिक र प्राविधिक क्षमता आशय पत्रमार्फत पेश गर्नुपर्ने महानगरले जनाएको छ ।

आशयपत्र मागेपछि कम्पनीको सर्ट लिस्टिङ गरिनेछ । र, प्राविधिक/आर्थिक क्षमता हेरेर निर्माणको जिम्मा लगाइनेछ । महानगर आफैं भने यो परियोजनामा लगानी गर्ने योजनामा छैन ।

निश्चित अवधिसम्म निर्माण गर्ने कम्पनीले नै सञ्चालन गरेपछि महानगरलाई हस्तान्तरण गर्नेछ । यसअघि तीन वटा कम्पनीले सम्भाव्यता अध्ययनको रिपोर्ट पेश गर्दै निर्माण गर्न चासो देखाएका थिए । यो बनेपछि असन, इन्द्रचोक र वसन्तपुर जानेहरुका लागि त्यो बढी उपयोगी हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment