+
+

‘रामकहानी’को प्रचारमा आकाश र पूजाको डान्स, जितुले हसाँए

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते १७:२९

चलचित्र ‘रामकहानी’ शुक्रबारदेखि रिलिज हुँदैछ । चलचित्र प्रचारका लागि यसको निर्माणपक्षले कुनै कसर बाँकी छाडेको छैन । यसैबिच, चलचित्रको प्रचारको अन्तिम समयमा यसको निर्माणपक्षले काठमाण्डौ र ललितपुरका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको छ ।

काठमाण्डौको कोटेश्वर चोकमा आयोजना भएको कार्यक्रममा यसका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ, जितु नेपाल, राजाराम पौडेल, निर्देशक सुदर्शन थापा, कलाकार शोभित बस्नेत, उपस्थित थिए ।

उनीहरुले दर्शकसँग चलचित्रको बिषयमा कुराकानी मात्र गरेनन् चलचित्रमा समावेश ‘तिम्रो लागि म छु’ बोलको गीतमा नृत्य समेत गरे ।

चलचित्रको यो प्रचार शैली ललितपुरको लगनखेल र काठमाण्डौको रत्नपार्कमा पनि आयोजना गरिएको छ । कलाकारहरुको प्रस्तुती हेर्नका लागि दर्शकहरुको भीड देखिएको थियो । चलचित्रको बारेमा अन्तिम समयमा पनि प्रचार गर्न आवश्यक रहेकाले दर्शकसँग प्रत्यक्ष जोडिन पुगेको निर्देशक थापाले जानकारी दिए ।

कलाकार केदार घिमिरे, विल्सन विक्रम राई र रविन्द्र झा विदेशमा रहेकाले कार्यक्रममा सहभागी हुन पाएनन् । कमेडी, लभस्टोरी र सस्पेन्स कथाको यो चलचित्र हेर्नका लागि उत्साहित रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।


तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?