Comments Add Comment

निर्मला हत्या प्रकरणः एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

२० भदौ, काठमाडौं । कञ्चपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंका गरेका गरेको दुई ‘भीआईपी’सँग प्रहरीले बयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग बयान लिएको हो ।

प्रहरी स्रोतका अनुसार उनीहरुसँग प्रहरीले सोमबार र मंगलबार गरी दुई पटक सोधपुछ गरेको थियो । स्थानीयले उनीहरुमाथि आशंका गरेको सार्वजनिक भएपछि सोधपुछ गरिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले पुष्टि गरे ।

उनका अनुसार दुई जनाको बयान लिइए पनि अहिलेसम्म उनीहरुको संलग्नता खुलेको छैन । ‘हामीले सोधपुछ त गर्यौं तर, उनीहरुको घटनामा नेक्सस भेट्टाउन सकिएन’ कडायतले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म उनीहरुको संलग्नता खुलेको छैन ।’

एसपीका छोरा किरण काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । पन्तको हत्या भएको दिन उनको जन्मदिन थियो ।

त्यो दिन आफू साथीहरुसँग कञ्चनपुरमा जन्म दिन मनाइरहेको उनले दाबी गर्दै आएका छन् । मेयरका भतिजा आयुष कञ्चनपुरकै ब्रिष्टन कलेजमा बीबीए अध्ययरत् छन् ।

उनीहरु रोशनी बमको घर, जहाँ गएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो, आउने जाने गरेको भन्दै स्थानीयले दुबैलाई छानविनको दायरामा ल्याउन माग गर्दै आएका थिए । तर, प्रहरीको तत्कालीन नेतृत्वले सुनुवाई नै नगरेको स्थानीयको अारोप छ ।

तर, निर्मलाको बलात्कारपछि हत्या भएको झण्डै डेढ महिनापछि दुबैसँग प्रहरीले सोधपुछ गरेको हो ।

यो पनि पढ्नुस् 

निर्मला हत्या प्रकरणः प्रतिवेदन तयार पार्दै छानबिन समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment