Comments Add Comment

जासुसी उपन्यास ‘बज्रजोगिनीको खजाना’बजारमा

२१ भदौ, काठमाडौं । नेपालका पहिलो जासूसी उपन्यास लेखक दीर्घबाहुको नयाँ उपन्यास ‘बज्रजोगिनीको खजाना’बिहीबारदेखि बजारमा उपलव्ध भएको छ । रहस्य र रोमाञ्चले भरिपूर्ण ‘बज्रजोगिनीको खजाना’वरिष्ठ पत्रकार तथा साहित्यकार श्रीधर खनालले ‘दीर्घबाहु’ उपनामबाट आजभन्दा चालीस वर्ष अघि लेखे पनि पहिलोपटक अहिले प्रकाशन गरिएको हो ।

विक्रम सम्वत २०२२ मा प्रकाशित ‘शव्दभेदी लडाइँ’पछि उनले लेखेका इन्सपेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास,  ‘छ औंले मान्छे, ‘पानको गुलाम, ‘डाक्टर डेमन’ तथा डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र, ‘बाह्र बजेको घण्टी, ‘भेनसका हिप्पीहरु’ र ‘नाङ्गिएकी सुन्दरी’ नामक जासूसी उपन्यासहरु त्यतिबेला निकै लोकप्रिय थिए ।

त्यसबाहेक डाक्टर राम महर्जन सिरिजमा उनका ‘हङकङको व्यापारी’ ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’ पनि प्रकाशित भएका थिए । खनाल भन्छन्- ‘ती पुराना जासूसी उपन्यासभन्दा बज्रजोगिनीको खजानामा पाठकहरुले पृथक स्वाद पाउनुहुनेछ । अरुमा अपराध भइसकेपछि त्यसको अनुसन्धान र रहस्योद्घाटन हुन्थ्यो । यसमा भने अपराध हुनु लागेको पहिले थाहा पाएर त्यसलाई रोक्नका लागि उपन्यासको नायकले गरेका रोमाञ्चक कारनामाहरु छन् ।’

लामो अन्तरालपछि यस विधामा आएको उपन्यासले दीर्घबाहुका पुराना तथा नयाँ पाठकहरुलाई भिन्न स्वाद प्रदान गर्ने प्रकाशकको विश्वास गरिएको छ । २६६ पृष्ठ रहेको ‘बज्रजोगीनिको खजाना’को मूल्य २९५ रहेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment