Comments Add Comment

हङकङले जित्यो एसिया कप छनोटको उपाधि

२१ भदौ, काठमाडौं । एसिया कप छनोटमा यूएईलाई दुई विकेटले पराजित गर्दै हङकङले एसिया कपमा स्थान पक्का गरेको छ ।

वर्षाले प्रभावित खेल २४ ओभरमा छोट्याइएको थियो । यूएईले ९ विकेटको क्षतिमा १ सय ७६ रन बनायो । तर, डीएल मेथडका आधारमा हङकङले १७९ रनको लक्ष्य पायो, जसलाई अन्तिम ३ खेल खेल्नु अघि ८ विकेट गुमाएर पूरा गर्‍यो ।

हङकङका निजाकत खानले २० बलमा ३८ रन, अंशुमन रथले २५ बलमा २८ रन, क्रिस्टोफर कार्टरले ३२ बलमा ३३ रन, इशान खानले २४ बलमा २९ रन बनाए ।

युएई र हङकङसँगै एसिया कप छनोटमा नेपाल, ओमन, मलेसिया र सिंगापुर रहेका थिए । मलेसिया र सिंगापुरलाई मात्रै हराएको नेपालको यात्रा अंक तालिकाको चौथो स्थानमा रहेर टुंगिएको थियो ।

युएईमा सेप्टेम्बर १५ देेखि हुने एसिया कपमा भारत र पाकिस्तानसँगै हङकङ समूह ए मा परेको छ । यसैगरी समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment