+
+
Shares

पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २१ गते १७:२७

२१ भदौ, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कामलाई द्रुत गतीमा अघि बढाउन निर्देशन दिएका छन् ।

प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले काममा ढिलाइ नगर्न भनेका हुन् ।

ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्प पीडितलाई यथासक्य चाँडो घरबासको व्यवस्था मिलाउनु पर्ने उनले बताए ।

प्राधिकरण निश्चित समयका लागि भएकोले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘पुन निर्माण प्राधिकरण घाम जुन रहेसम्मका लागि स्थापना गरिएको होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण यसले यथासक्य चाँडो पुननिर्माणको काम सम्पन्न गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले सरकारको अनुदान नपाइ घर निर्माण गरेका पीडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिएका छन् । ‘भूइँचालोले घर भत्किएको तीन वर्ष भइसक्यो । प्राधिकरणका इन्जिनियर गाउँ पुग्दैनन् अनि जनाले कहिले इन्जिनियर आउछन् र उनले भने अनुसारको घर बनाउँ भनेर पर्खेर बस्छन् ?’ प्रधानमन्त्री ओलीले भने, ‘पीडितले घर बनाएको भनेर जनप्रतिनिधिले सिफारिस गरेको आधारमा अनुदान रकम उपलब्ध गराउनुहोस ।’

प्रधानमन्त्री ओलीले प्राधिकरणका पूर्व कार्यकारी अधिकृत र कर्मचारीहरुले लिएको फिल्ड भत्ताको बिषयमा पनि चासो व्यक्त गरेका छन् । ‘बैठक कार्यलय समयमा राख्नुहोस । कार्यलय समयमा तपाईंहरुलाई सरकारले तलब दिएको छ । त्यस समयमा गरेको कामको अतिरिक्त पैसा सरकारले दिदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘कर्मचारीको दुर्गम भत्ताका बिषयमा छलफल गरेर निर्णय गरौंला ।’

प्रधानमन्त्री ओलीले धरहरा निर्माणको टेण्डरका बिषयमा पनि चासो व्यक्त गरेका छन । ‘धरहरा पुनर्निर्माणकामा अनुमान भन्दा कम रकममा ठेक्का सकारेको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर यसको गुणस्तरमा कुनै कमी हुनुहुदैन । ठेक्का नै कम रकममा लिएको भनेर गुणस्तरहिन काम गर्न पाइदैन ।’

प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणका लागि इन्जिनियर खटाउन, दैनिक नापँजाँच गर्न, प्रयोग गरिएका निर्माण सामग्रीको गुणस्तर जाँच्न र दैनिक प्रतिवेदन तयार गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?