Comments Add Comment

भुटानविरुद्ध २-० को अग्रता : विमलले पेनाल्टी मिस गरे, सुनीलले थपे गोल

२१ भदौ, ब‌ंगलादेश । साफ च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध दोस्रो गोल गरेको छ ।

खेलको ७० औं मिनेटमा भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको छ ।

विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोल गरेका हुन् ।

विमलले गरेको प्रहार भुटानका गोलकिपरले रोक्न सफल भएका थिए ।  यो सँगै नेपालले भुटानविरुद्धको खेल २-० ले अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment