Comments Add Comment

क्रोएसिया र पोर्चुगलले बराबरी खेले

२२ भदौ, काठमाडौं । विश्वकपपछि आफ्नो पहिलो खेलमा क्रोएसियाले पोर्चुगलसँग बराबरी खेलेको छ ।

लिस्बोनमा बिहीबार राति भएको मैत्रिपूर्ण खेलमा क्रोएसिया र पोर्चुगलले १–१ को बराबरी खेलेको हो । खेलमा अग्रता भने क्रोएसियाले नै लिएको थियो । १८ औं मिनेटमा पेरिसिकले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए ।

तर, ३२ औं मिनेटमा पेपेले बराबरी गोल गरे । यो खेलमा क्रिष्टियानो रोनाल्डो भने खेलेका थिएनन् । उनी आफैंले अनफिट भएको भन्दै नखेलेका हुन् ।

पोर्चुगलका सर्जिओ ओलिभिरा र गेडसन फर्नान्डेसले डेब्यू गरे । दुबै दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

गत जुलाईमा भएको विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएको थियो । पोर्चुगल भने उरुग्वेसँग हार्दै अन्तिम १६ बाटै आउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment