Comments Add Comment

प्रचण्ड र अजित डोबलबीच डिनर मिटिङ, केके भयो कुराकानी ?

२२ भदौ, नयाँदिल्ली । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबलबीच भेटवार्ता भएको छ ।

बिहीबार दिल्ली पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले डोबलसँग झण्डै तीन घन्टा कुराकानी गरेका हुन् । डिनर मिटिङ दुई घन्टा भन्दा लामो समय चलेको थियो ।

दुई देशको सम्बन्ध सुधार र दुई प्रधानमन्त्रीबीच भएको सहमतिलाई समय तालिका बनाएर कार्यान्वयन गर्नेबारे छलफल भएको प्रचण्डले बताएका छन् । ‘भारतीय प्रधानमन्त्रीले नेपालको संसदमा सम्बोधन गर्दा एक खर्ब सहयोग गर्ने भन्नु भएको थियो । यो राम्रोसँग कार्यान्वयन भएको छैन । कार्यान्वयन हुनुपर्‍यो भनेको छु’ प्रवासी नेपालीहरुसँग भएको भेटमा प्रचण्डले भनेका छन् ।

भारतमा रहेको नेपालीहरुबारे पनि डोबलसँग कुराकानी भएको प्रचण्डले जानकारी दिए । नेपाल र भारत दुबैमा बलियो सरकार रहेको भन्दै उनले भने, ‘यही बेलामा जतिसकिन्छ हामीले सुधार गर्नुपर्छ । नेपालीहरुको समस्या र भारतको संवेदशनीतालाई पनि नेपालले पजि बुझ्ने यो राम्रो अवसर हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment