Comments Add Comment

‘जयभोले’लाई जगदम्बा सिमेन्टको समर्थन

२२ भदौ, काठमाडौं । जगदम्बा सिमेन्ट कला क्षेत्रमा आफ्नो उपस्थिति र समर्थन जाहेर गर्न दशैंको अवसरमा नेपालभर रिलिज हुन लागेको चलचित्र ‘जयभोले’लाई अफिसियल्ली समर्थन गरेको छ ।

अशोक शर्माद्वारा निर्देशित उक्त चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का लगायतले अभिनय गरेका छन् । कमेडी प्रेम कथामा आधारित ‘जयभोले’ मा लोकप्रिय हास्य कलाकार राजाराम पौडेल पनि छन् । आफ्नो समर्थनले नेपाली चलचित्र क्षेत्रको विकासमा केही मात्रामा भएपनि योगदान पुग्ने विश्वास कम्पनीले जनाएको छ ।

बिगतमा पनि यस्ता प्रकारका समर्थनहरु गर्दै आएको जगदम्बा सिमेन्टले नेपाली चलचित्रको स्तरोन्नतिमा रचनात्मक भूमिका खेलेको र भबिष्यमा पनि यस्ता कार्यहरुलाई निरन्तर अघि बढाउने कम्पनिले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment