+

एसिया कपमा मुस्तफिजुर पुरानै लयमा फर्कने आश

२०७५ भदौ  २४ गते १८:१५ २०७५ भदौ २४ गते १८:१५
एसिया कपमा मुस्तफिजुर पुरानै लयमा फर्कने आश

काठमाडौं । बंगलादेशका बलिङ प्रशिक्षक कोर्टने वाल्सले तीब्र गतिका बलर मुस्तफिजुर रहमानका लागि सेप्टेम्बर १५ बाट सुरु हुने एसिया कप पुरानो उचाइ लिन फलदायी हुने बताएका छन् ।

कुम र खुट्टाको जोर्नीको समस्याले उनी लामो समय मैदानमा रहन पाएनन् । इन्डियन पि्रमियर लिगमा मुम्बई इन्डियन्सबाट मैदान फर्किएका उनी फेरि तेब्रे खुट्टाको औंलामा समस्या देखियो ।

अहिले उनी पूर्णरुपमा फिट रहेको भनिएको छ । तर, पुरानो लयमा र्फकन भने समय लाग्ने देखिएको छ ।

यसैले बलिङ प्रशिक्षक वाल्सले एसिया कप मुस्तफिजुरको पुनरागमन लागि महत्वपूर्ण हुने बताएका हुन् । ‘उनी अहिले राम्रो भएका छन् । तर, पनि जस्तो हुनुपर्ने हो त्यस्तो भने छैन’ वाल्सले क्रिकइन्फोसँग भने, ‘उनीसँग निकै राम्रो क्षमता छ । टिमले राम्रो गर्दै अघि बढ्न उनको भूमिका महत्वपूर्ण छ । हामीलाई आशा छ एसिया कपमा उनको पुरानो उचाइ र्फकने छ ।’

‘घाइते भएकाले उसँग धेरै काम गर्न पाएको छैन । एसिया कपमा केही योजना बनाएर स्किल र अरु कुरामा काम गर्न पाउने विश्वास गरेको छु’ उनले भने ।

भर्खरै वेस्टइन्डिजसँगको टेस्टमा हारेपनि एकदिवसीय र टी-२० मा राम्रो प्रदर्शजन गरेकाले बंगलादेशको मनोबल राम्रो रहेको पनि वाल्सले बताएका छन् ।

वेस्ट इन्डिजसँग दुई टेस्ट हारेको बंगलादेशले एकदिवसीय सिरिज २-१ ले जितेको थियो भने टी ट्वान्टीमा पनि २-१ ले नै जितेको थियो, जसमा मुस्तफिजुर लामो समयपछि मैदान उत्रिएका थिए ।

एसिया कप बंगलादेश

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय