Comments Add Comment

पद्मश्री साधना सम्मान डा. तारानाथ शर्मालाई

२५ भदौ, काठमाडौं । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले वि.सं. २०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ लेखक नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’लाई दिने निर्णय गरेको छ । यसैगरी ‘पद्मश्री साधना सम्मान’ साहित्य साधक डा. तारानाथ शर्मालाई प्रदान गर्ने निर्णय भएको छ ।

‘पद्मश्री साहित्य पुरस्कार’ वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ट एकलाई र ‘पद्मश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योगदान दिने व्यक्तित्वलाई प्रदान गरिन्छ ।

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं.२०६२ देखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ । वि.सं.२०६७ सालदेखि नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट व्यक्तिलाई ‘पद्मश्री साधना सम्मान’ अर्पण गर्दै आएको छ ।

दुवै पुरस्कार र सम्मानको राशी दुई-दुई लाख रुपैयाँ छ । पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनका संरक्षक जीवा लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment