२५ भदौ, काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ‘शिवम्+’ ओपिसी सिमेन्टलाई बजारमा ल्याएको छ । उपभोक्ताहरुलाई थप गुणस्तर प्रदान गर्ने उद्देश्यले ‘शिवम्+’ ओपिसी सिमेन्ट बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
नेपाल गुणस्तर चिन्हका साथै ISO 9001, ISO 14001, OHCAS 18001, ISI, र URS प्रमाणित यस ‘शिवम्ं’ सिमेन्टमा COMPRESSIVE STRENGTH रहेको कम्पनीले भनेको छ । नयाँ उत्पादनले निर्माणलाई थप मजबुत र सवल बनाउने उसको दावी छ ।
शिवमले नयाँ उत्पादनको नारा ‘उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान’ राखेको छ । यो सिमेन्ट हाललाई सीमित बितरकहरुमा मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
लामो समयसम्म कायम गर्नको नयाँ उत्पादन विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4