Comments Add Comment

यी पाँच राशिका मानिस हुन्छन् असल शिक्षक 

ज्योतिष शास्त्रका अनुसार मानिसको जीवनमा ग्रह नक्षत्रको प्रभाव निकै ठूलो हुन्छ र तिनले बदल्ने हरेक चालले हाम्रो भाग्य निर्धारित  गर्छ ।  जब हामी कुनै नयाँ काम सुरु गर्छौं त्यतिबेला त्यो काम शुभ हुन्छ वा हुँदैन, उक्त काम सुरु गर्ने समय शुभ छ कि छैन भन्ने कुरामा विचार गर्न सके सफलता निश्चित रूपमा प्राप्त हुन्छ भन्ने मान्यता ज्योतिषशास्त्रको छ।  करियरको छनोट पनि  राशिअनुसार गर्ने हो भने असफलताको मुख हेर्नु नपर्ने कुरा ज्योतिषशास्त्र बताउँछ ।

आज यहाँ त्यस्ता पाँच राशिका विषयमा बताइएको छ जसका लागि पहिलो रोजाइका रूपमा शिक्षण पेशा अँगाल्नु राम्रो हुन्छ, जो सबैभन्दा राम्रो शिक्षक साबित हुन सक्छन् ।  कुन कुन हुन् त् ती राशि ?

वृष

वृष राशिका जातकको इच्छाशक्ति दृढ हुन्छ ।  यिनीहरू इमान्दारी र सहनशक्तिका हिसाबले समेत उत्कृष्ट मानिन्छन् ।  आत्मनिर्भर रहन रुचाउँछन् भने विश्वसनीय पनि हुन्छन् ।  यिनीहरू हरेक काम पूर्ण जोश एवम् उत्साहपूर्वक गर्छन् । यो राशिका मानिसमा  शालीनता हुने भएका कारण शिक्षण पेशा परफेक्ट प्रोफेशन साबित हुनसक्छ।  यिनीहरूलाई  शिक्षण बाहेक कला, मीडिया या वकालत पेशामा पनि राम्रो सफलता हासिल हुन्छ ।

मिथुन

मिथुन राशिका मानिस बौद्धिक कार्य गर्न रुचाउने हुन्छन्।  यिनीहरू सबैलाई साथ लिएर चल्न सक्छन्।  अरूसँग मिलेर काम गर्न मन पराउँछन् । कुराकानी गर्ने कुशलता यिनीहरूको सबैभन्दा बलियो पक्ष हो ।  यसै गुणका कारण यो राशिका मानिसले  शिक्षण  पेशामा लागेर सजिलै नाम कमाउन सक्छन् ।  शिक्षण  बाहेक लेखन, इन्जिनियरिंग वा कुनै  व्यवसायमा हात हालेर पनि राम्रै सफलता हासिल गर्न सक्छन् ।

कर्कट

कर्कट राशिका जातक जिम्मेवार हुन्छन् ।  यिनीहरूले एक पटक कुनै काम गर्ने कुरा सोचे भने त्यसलाई पार लगाएर मात्र शान्तिको सास फेर्छन् ।  यिनीहरूको दिमाग अत्यन्त तीक्ष्ण हुन्छ ।  यिनीहरू  हरेक काम पर्याप्त सोचविचार गरेर मात्र गर्छन् ।  यिनीहरू  समस्याबाट डराउँदैनन् ।  यो राशिका मानिसमा हरेक किसिमका परिस्थिति सम्हाल्ने क्षमता पाइन्छ ।  यिनीहरूमा एक असल शिक्षकमा हुनुपर्ने सम्पूर्ण गुण विद्यमान हुन्छ ।  यो राशिका जातकले शिक्षण बाहेक होटल एवं फोटोग्राफी व्यवसाय तथा चिकित्सा क्षेत्रमा लागेर सजिलै नाम कमाउन सक्छन् ।

कन्या

कन्या राशिका मानिस जातक अत्यन्त मेहनती हुनुका साथै  हरेक कामलाई निकै राम्रो तरिकाले पार लगाउनसक्ने क्षमताले युक्त हुन्छन् ।  यिनीहरू कुनै पनि काम गर्नुअघि धेरै सोचविचार गर्दैनन् ।   यिनीहरूमा कुरा सुनाएर अरूलाई प्रभावित पार्नसक्ने खुबी हुन्छ ।  यो राशिका जातक सदैव नयाँ नयाँ कुराको जानकारी हासिल गर्न रुचाउने स्वभावका हुन्छन् ।  यिनीहरूका लागि शिक्षण सबैभन्दा राम्रो पेशा हो ।  कन्या राशिका मानिसले  शिक्षण बाहेक लेखन, चिकित्सा वा पायलट पेशा अँगाल्नु उत्तम हुन्छ ।

वृश्चिक

वृश्चिक राशिका मानिस निकै सोच विचार गरेर बोल्ने खालका हुन्छन् ।  यिनीहरूको कुराबाट अरू मानिस छिटै प्रभावित हुन्छन् ।  यिनीहरूको छैटौं इन्द्रिय निकै सक्रिय हुन्छ तसर्थ यो राशिका मानिस हरेक परिस्थितिलाई पहिल्यै अनुमान लगाउन सक्ने हुन्छन् ।  यिनीहरूको दिमाग पनि अत्यन्त तीक्ष्ण हुन्छ । यो राशिका जातक स्वतन्त्रतापि्रय हुन्छन् ।  यिनै विशेषताका कारण वृश्चिक राशि हुनेहरू असल प्रोफेसर वा शिक्षक बन्न सक्छन् ।   यो राशिका मानिस शिक्षणका अतिरिक्त कला एवं साहित्य क्षेत्रमा लाग्दा सफल हुने सम्भावना बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment