Comments Add Comment

पत्रकार श्रेष्ठ सम्मानित, पुरस्कारको राशी वृद्धाश्रमलाई प्रदान

२५ भदौ, पोखरा । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमका उपाध्यक्ष कुसुमकेशव पराजुलीले आˆना बाबुआमाको नाममा स्थापना गरेको ऋषि-लिला पत्रकारिता पुरस्कारबाट श्रेष्ठ सम्मानित भएका हुन् ।

सम्मानित श्रेष्ठ पोखराबाट प्रशारण हुने रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । उनी १८ वर्षदेखी पत्रकारितामा क्रियाशील छन् ।

पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई पोखरा वृद्धाश्रमको २१ औं वाषिर्क साधारण सभामा सोमबार सम्मान गरिएको हो । प्रदेश सांसद मीना गुरुङले उनलाई दोसल्ल्ाा र सम्मानपत्रले सम्मान गरिन् ।

पुरस्कारको राशी नगद २० हजार रहेको छ । सम्मानित श्रेष्ठले आफूले पाएको पुरस्कारको रकम सब २० हजार पोखरा वृद्धाश्रममा आश्रति ज्येष्ठ नागरिकको लागि प्रदान गरे । उनले बृद्धाश्रमका अध्यक्ष टीकाबहादुर भण्डारीलाई रकम हस्तान्तरण गरेका हुन् ।

यसअघि यस पुरस्कारबाट गत वर्ष चट्टयाङ मास्टर सम्मानित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment