Comments Add Comment

जोशीले गरे प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् ।

संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार साँझ नै पदभार ग्रहण गरे ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले गरेका छन् ।

संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि जोशी विदा बसेका थिए । तर, मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै सर्वोच्च आएका छन् ।

न्यायाधीशबीच विवाद हुँदैन  : मिश्र

सोमबार पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा कुनै किसिमको विवाद र मनोमालिन्यको अवस्था नभएको बताए ।
न्यायाधीशहरुबीच आपसमा विवाद र मनोमालिन्यको अवस्था नरहेको र आफ्नो कार्यकालमा त्यस्तो अवस्था आउन नदिने उनले बताए । ‘विगतमा के भयो हामी छोडिदिउँ, अहिले केही छैन, कम्तीमा मेरो कार्यकालमा त्यस्तो केही हुने छैन’ उनले भने । 

प्रधानन्यायाधीश मिश्रले अदालत छिट्टै अटोमेसन प्रक्रियामा जाने बताएका छन् । ‘हामी अटोमेसनमा जाने प्रयास गरेका छौं । सूचना प्रविधिको कसरी प्रयोग गर्न सकिन्छ भनेर हिजोमात्र समिति गठन गरेका छौं’ उनले योजना सुनाए ‘पेशी तोक्दा समितिले दिएको सुझाव अनुसार मुद्दाहरु छिटो छरितो गर्न वर्गीकरण गरेर मुद्दाको पेशी तोक्ने’

आफूसँग समय कम भए पनि राम्रो काम सुरु गर्न सकेमा कालान्तरमा त्यसले राम्रो नतिजा दिने बताए । ‘निश्चय नै समय मसँग कम छ । तर राम्रो कामको सुरुवात गरेमा त्यसको नतिजा एक दुई महिनामा नआए पनि कालान्तरमा फाइदा हुन्छ ।’

प्रधानन्यायाधीश मिश्रले अदालतबाट विचौलिया अन्त्य गर्न आफूलाई सञ्चार माध्यमले पनि सहयोग गर्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस्

हाँसीखुसीमै प्रधानन्यायाधीश ! २५ पन्ने कागज पढ्दापढ्दै रोकियो

प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश मिश्र भन्छन्- अदालतमा राजनीतिक प्रभाव छैन

प्रस्तावित प्रधानन्यायाधीशको प्रतिबद्धता– अदालतमा भ्रष्टाचार रोक्छु

प्रधानन्यायाधीशमा सिफारिस मिश्रको सुनुवाइ आज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment