Comments Add Comment

प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मत अनुमोदन

२५ भदाै, काठमाडाैं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सोमबार नै मिश्रको सुनुवाइ थियो । मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए लगतै समितिले सर्वसम्मतले अनुमोदन गरेको हो ।

मिश्रले न्यायपालिकाको भावी कार्यदिशाबारे २५ पृष्ठको कार्ययोजना पेश गरेका थिए । समितिका सभापति लक्ष्मणलाल कर्णले भने, समितिले अदालतमा विसंगती, विचौलिया समाप्तीको प्रश्न राख्दै आएकोमा उहााले कार्ययोजना बनाएर शुन्यमै लैजाने धारणा राख्नु भएको छ ।’

अब मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment