+
+
Shares

नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : सांसद पन्त

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते ९:०८

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्तले नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने नेपालको परम्परागत राष्ट्रनीतिमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

वीरगञ्जमा आइतबार साँझ आयोजित ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रममा सांसद पन्तले यस्तो बताएका हुन् ।

सांसद पन्तले रास्वपा नेतृत्वको सरकारले ‘चाइना कार्ड’ र ‘इन्डिया कार्ड’को राजनीतिमा विश्वास नगर्ने बताए ।

सांसद पन्तले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

सम्बोधनका क्रममा सांसद पन्तले भारतको विरोध गरेकै आधारमा आफू र आफूले नेतृत्व गरेको दललाई राष्ट्रवादी कित्तामा उभ्याउने राजनीतिक प्रवृत्ति विस्तारै अन्त्य हुँदै गएको बताए ।

सांसद पन्तले दशैँ, दीपावली, छठ र होलीजस्ता साझा चाडपर्व, परम्परा, धार्मिक आस्था तथा पारिवारिक सम्बन्धले दुई देशबीचको मित्रतालाई थप जीवन्त बनाउँदै आएको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?