News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले न्याय क्षेत्रमाथि उठेका विषयको निरुपण प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिएको छ।
- शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले बाहिर आएका विषय संसद्मार्फत अघि बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले बताए।
- खरेलका अनुसार, महाभियोग, छानबिन वा अन्य प्रक्रिया के हुने भन्ने विषय संसदीय समितिले तय गर्नेछ।
१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि संसदीय दललाई निर्देशन दिएको छ ।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले बाहिर आएका विषयबारे संसद्मार्फत प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
उनका अनुसार, संसदीय समितिलाई प्रक्रिया अघि बढाउन पनि निर्देशन दिइएको छ ।
‘यदि हामीले समग्र न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने अब यसका लागि संवैधानिक बाटो भनेको संसद् नै हो । संसद्मार्फत यसको प्रक्रिया अघि बढाइनुपर्छ,’ खरेलले भने, ‘त्यो प्रक्रिया अघि बढाउनका लागि रास्वपाको आजको सचिवालय बैठकले संसदीय दललाई समेत निर्देशन दिइसकेको छ ।’
महाभियोग जान्छ, छानबिन मात्रै हुन्छ वा के हुन्छ भन्ने विषय संसदीय समितिकै रहेको उनको भनाइ छ ।
‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने ।
प्रतिक्रिया 4