+
+
Shares

संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने जो पनि सजायको भागीदार हुनुपर्छ : लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही नभएको बताएका छन् ।
  • उनले संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने जो कोही सजायको भागीदार हुनुपर्ने बताए ।
  • लामिछानेले रास्वपा र आफू संविधान र लोकतन्त्रको विषयमा स्पष्ट रहेको उल्लेख गरे ।

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘एउटा कुरा म के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र लोकतन्त्र भन्दा ठूलो केही छैन । कोही छैन । रास्वपा यसमा स्पष्ट छ । रवि लामिछाने यसमा स्पष्ट छ,’ लामिछानेले भने ।

साथै, संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने कार्य गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्ने उनले बताए ।

‘कसैले पनि यसमा द्विविधा लिनुपर्दैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्छ । त्यसले जिम्मेवारी लिनुपर्छ भनेर हामीले स्पष्ट रुपमा भनेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?