+
+
Shares

रविजी तपाईंको पार्टी नेतृत्वको सरकारबाट पञ्चायती गन्ध आउनथाल्यो : रक्षा बम

रक्षाले फेसबुकमा लेखेकी छन्, ‘तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १९:५२

१३ कात्तिक, काठमाडौं । जेनजी अगुवा रक्षा बमले पत्रकारहरू पक्राउको विरोध गरेकी छन् । उनले पत्रकारहरू पक्राउको विषयमा सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएकी छन् ।

‘रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ’, रक्षाले फेसबुकमा लेखेकी छन्, ‘तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ ।’

यसको पृष्ठभूमिमा उनले विगतमा मिडिया हाउस अगाडि गाडी तेर्साइएको विषय पनि स्मरण गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने ? वाह, तपाईंहरूको सुशासन !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?