Comments Add Comment

आज तीजको दर खाइँदै, चिकित्सककाे सुझाव– ताजा परिकार मात्रै खानू

२६ भदौ, काठमाडौं । विभिन्न मिष्ठान्न परिकारका साथ आज नेपाली हिन्दू महिलाहरुले दर खाँदै छन् ।

हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ ।

आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् ।

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन राति उठेर दर खाने चलन छ ।

द्वितीयाका दिन राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ ।

यता स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान सुझाव दिएका छन् ।

सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment