Comments Add Comment

तपाईंको आँखाबाट आँशु नै आएन भने के होला ?

मानिसको आँखाबाट आँशु किन आँउछ भनेर सोध्ने हो भने धेरैको उत्तर हुन्छ, ‘दुःख वा पिडाको कारण ।’

हुन त पिडाको कारणले मात्रै पनि मानिसको आँखाबाट आँशु आउँदैन कहिलेकाँही खुसी हुँदा पनि आँशु आँउछ । त्यस्तै प्याँज काट्दा, धुलो धुँवाको प्रदुषण लगाएत आँखामा केही पस्यो भने पनि आँखाबाट आँशु आँउछ ।

खासमा आँखालाई केही कुराले बिझाएपछि आँखाबाट आँशु आँउछ । किनभने आँशुले आँखाको सुरक्षा गर्छ । त्यसैले आँखाबाट आँशु आउनुलाई नराम्रो मानिँदैन ।

तर, जब मानिसको आँखाबाट पर्याप्त आँशु आउँदैन त्यतिखेर भने समस्या निम्तन सक्छ । जब आँखालाई पर्याप्त लुबि्रकेशन मिल्दैन र मानिसको आँखा सुख्खा हुन्छ त्यसले आँखा पोल्ने र दुख्ने महसुस हुन्छ ।

आँखाभित्र वा त्यसको बाहिरी भागमा चिप्रा -म्युकस) बन्छ जसले प्रकाश प्रति आँखालाई धेरै संवेदनशिल बनाइदिन्छ । त्यस्तै आँखा रातो हुन्छ वा तपाइर्ंले धमिलो देख्न थाल्नुहुन्छ ।

आँखा सुख्खा भएमा विभिन्न समस्याहरु निम्तन सक्छ । त्यसैले आज हामी आँखा सुख्खा भएमा के गर्ने भनेर पाँच तरिका बताइरहेका छौं जसले आँखाको समस्यालाई सुल्झाउन मद्धत गर्छ ।

तातोपानीले सेक्ने

एक सफा कपडा लिनुहोस् र त्यसलाई तातो पानीमा भिजाउनुहोस् । पाँच मिनेटको लागि यो कपडालाई आफ्नो आँखामा राख्नुहोस् पछि हल्का हातले कपडालाई तलमाथि आँखाको गेडीमा रगड्नुहोस् जसले आँखामा लागेको फोहोर वा कचेरा सफा गर्छ ।

पानी तातो हुन्जेलसम्म यो प्रक्रिया दोहोर्याउनुहोस् । यो प्रक्रियाले आँशुको गुणवत्तालाई राम्रो बनाएर आँखा पोल्न र रातो हुन कम गर्छ ।

नरिवलको तेल

यो तेलले आँखालाई ओसिलो बनाउने एजेन्टले जसरी काम गर्छ र आँशुहरुलाई छिटै सुक्नबाट बचाउँछ । यस बाहेक यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ जसले आँखामा भइरहेको दुखाईलाई कम गर्न सहायक हुन्छ ।

कपासको डल्लोलाई नरिवल तेलमा डुबाएर यसलाई आँखामा १५ मिनेटसम्म राख्नुहोस् । यो प्रक्रियालाई दिनभरमा कैयौं पटक दोहोर्याउनुहोस् ।

पोषण दिने सप्लिमेन्ट्स

अध्ययन अनुसार ओमेगा ३ फ््याटी एसिडयुक्त खाद्यपदार्थहले मानिसको आँखालाई सुख्खा हुनबाट बचाउँछ । आफ्नो डाइटमा ओमेगा ३ लाई समावेश गर्न तपाईंले साल्मोन माछा, बदाम, ओखर सोयाबिन आदी समावेश गर्न सक्नुहुन्छ ।

यस्ता पोषक तत्वयुक्त खाद्य पदार्थले आँखालाई सुन्निन कम गरेर आँशु बनाउन मद्धत गर्छ जसले तपाईंको आँखा सुख्ख्ाा हुन पाउँदैन ।

एलोभेरा

आफ्नो अल्कालाइन गुणको कारणले एलोभेरा सुख्खा आँखाको लागि प्रभावकारी उपाय हो । यसको मोइश्चराइजिङ र एन्टी इन्फ्लेमेटरी गुणले सुन्निएको र रातो भएकोे आँखालाई राम्रो बनाउँछ ।

एलोभेराको पातलाई धोएर त्यसबाट तेल निकाल्नुहोस् । टिस्यु पेपरमा थोरै जेल निकालेर यसलाई आँखाको गेडिमा लगाउनुहोस् । १० मिनेटपछि आँखालाई मनतातो पानीले धुनुहोस् । दिनमा दुईपटक यो प्रक्रियालाई दोहोर्याएमा तपाईंले स्वस्थ आँखा पाउन सक्नुहुन्छ ।

गुलाब जल

आँखालाई तनावमुक्त राख्न र थाकेको आँखालाई आराम पुर्याउनमा गुलाबजलले मद्धत गर्छ । सुख्खा आँखाको एक मुख्य कारण भिटामिन ‘ए’ को कमी हो । गुलाबजलमा भिटामिन ‘ए’ प्रचुर मात्रामा हुन्छ ।

कपासको डल्लो वा प्याडलाई गुलाबजलमा डुवाउनुहोस् र यसलाई  बन्द आँखामा लगाउनुहोस् । त्यसलाई १० मिनेटसम्म आँखामा राखिरहनुहोस् ।

त्यसपछि चिसो पानीले आँखालाई धुनुहोस् । यदि तुरुन्त आराम पाउन चाहनुहुन्छ भने शुद्ध गुलाब जललाई ड्रपको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यो प्रक्रियालाई दिनमा तीनपटक दोहोर्याउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment