Comments Add Comment

फ्रान्सका फुटबल कप्तानलाई २० महिना गाडी हाँक्न प्रतिवन्ध

विश्वकप विजेता कप्तान हुगो लोरिसले सीमाभन्दा दोब्बर रक्सी पिएर लन्डनमा गाडी चलाएको स्वीकार गरेका छन् । उनलाई गत २४ अगष्टमा प्रहरीले पक्राउ गरेको थियो ।

टोटनह्याम र फ्रान्सका ३१ वषिर्य खेलाडीले वेस्टमिनिस्टर म्याजिस्ट्रेट कोर्टमा बयान दिने क्रममा गल्ति स्वीकारेका हुन् । उनलाई ५० हजार पाउन्ड जरिवाना गरिनुका साथै २० महिना गाडी हाँक्न रोक लगाइएको छ ।

प्रहरीका अनुसार लोरिसले ४८ किलोमिटर प्रतिघन्टा सीमा तोकिएको सडकमा ४८ किलोमिटर प्रतिघन्टाको स्पिडमा गाडी हाँकेका थिए । उनले रेड लाइटमा नरोकिकन गाडी कुदाएपछि प्रहरीको आँखामा परेका थिए । उनको गाडीलाई रोकेर निरीक्षण गर्दा भित्र वान्ता गरेको पाइएको थियो ।

म्याजिस्ट्रेट अमान्डा बारोनको भनाइमा लोरिसको गाडीले अन्य सवारी साधन वा पैदलयात्रुलाई ठक्कर नदिनु विसुद्ध संयोग मात्र थियो । उनको क्रियाकलापले यात्रुको जीवन खतरामा परेको उनले बताइन् ।

लोरिसको स्वास्थ्यपरीक्षण गर्दा प्रति १०० मिलिलिटर श्वासमा ८० माइक्रोग्राम अल्कोहल भेटिएको थियो । जबकी ईंग्ल्यान्ड र वेल्सको कानूनले ३५ माइक्रोग्रामको सीमा तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment