२७ भदौ, ढाका । नेपाल माल्दिभ्ससँग ३-० गोलअन्तरले पराजित हुदै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ ।
नेपाल माल्दिभ्ससँग पराजित हुनुको मुख्य कारण एकपछि अर्को गल्ती हुनु नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए ।
पोष्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक बालगोपालले भने, ‘हामीले सोच अनुसारको खेल्न सकेनौं ।’
‘मौसमले पनि राम्रो साथ दिएन । केटाहरूले गल्तीमाथि गल्ती गर्दै गए । खेलमा पहिलो गोल म्याच टर्निङ प्वाइन्ट भयो । माल्दिभ्सका खेलाडीको व्यक्तिगत प्रदर्शन राम्रो थियो’ बालगोपालले भने ।
बुधबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलको नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । उनले उत्कृष्ट पि|mकिकबाट गोल गरेका थिए । सुरुवाती समयमा नै नेपाल दबाबमा आएर खेलेको थियो ।
खेल सुरु भएको २७ औं मिनेटमा भारी वषर्ासँगै हावाहुरीका कारण खेल केहीबेरको लागि रोकिएको थियो ।
खेल पुन सुरु भएको ३९ औं मिनेटमा भरत खवासले राम्रो मौका खेर फाले उनले प्रहार गरेको बल पोल नजिकबाट बाहिरिएको थियो ।
पहिलो हाफमा केही राम्रो मौका पाएपनि गोल गर्न भने सकेन । पहिलो हाफमा १-० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खान पुग्यो ।
खेलको ६० औं मिनेटमा निराजन खड्काको स्थानमा नवयुग श्रेष्ठ र कप्तान भरत खवासको स्थानमा अन्जन विष्ट मैदानमा छिरे । दुई जना खेलाडी परिर्वतन गरेपछि नेपालले आक्रमक खेल खेलेको थियो । तर गोल गर्न भने एकपछि अर्को अवसर पाएपनि चुक्यो ।
खेलको ६६ औं सुनिल बलले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोष्टको नजिकैबाट बाहिरिएको थियो ।
खेलको ७५औं मिनेटमा सुमन अर्यालको स्थानमा विशाल राई मैदानमा प्रवेश गरे । सुमन अर्याललाई बाहिर ल्याउदै मिडफिल्डर विशाल राईलाई मैदानमा छिराउनासाथ नेपालको डिफेन्स लाइन कमजोर देखियो ।
खेलको ८४औं मिनेटमा इब्राहिम हसन वाहिदले गोल गर्दै २-० गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को दबाबमा खेलको नेपालले त्यसको २ मिनेटपछि नै अर्को गोल थप्दै माल्दिभ्सले ३-० गोलको अग्रतामा पुर्यायो । यो पटक पनि माल्दिभ्सका लागि इब्राहिमले गोल गरे ।
माल्दिभ्ससँग पराजित भएसँगै नेपालको २५ वर्षे साफ इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने लक्ष्य पनि तुहिएको छ ।
यो पनि पढ्नुहोस्
नेपालले ऐतिहासिक मौका गुमायो, सेमिफानइलमा माल्दिभ्ससँग पराजित
प्रतिक्रिया 4