1. ताजा अपडेट
Comments Add Comment
जिग्री आले
२०७५ भदौ २८ गते १०:१३
मैले धेर आश गरेको थिईन। माल्दिप्सको खेलको स्तरनै हाम्रो देशको भन्दा राम्रो थियो ।
kk
२०७५ भदौ २७ गते २२:१७
ae baba Japanese lai para parerera ba gopal, huna sakcha ra. Jun manche le Nepallai euta pani game jitaina ahiley useko bhar. ram ram bhanna sakincha.
Bharat Paudyal
२०७५ भदौ २७ गते २०:५९
When the sports minister is busy inaugurating cowsheds and buffalo sheds, then what can you expect from the players?
Pasas on
२०७५ भदौ २७ गते २०:३०
Whenever Nepal concede goal their mentally always says they are going to loose the game. So Nepali player need to changed their mentality first. I think Nepali cricket team is good example for them. Even for last over last ball they would not loose hope and keep on fighting and creating chances. In my openion football is all about tactial, mental, and physical game. There is no doubt Nepal has physical strength but lacks both tactical and mental strength so I recommend to have coach who should focus more on these 2 things. Well but coach should be expert in these 2 things tactical and mental strength. For me I would say if Nepal is not performing well in 4-4-2 then they should change the format such as 3-4-3 or say 3-2-3-2. I have one question for all the Nepalese player no matter which sports they are playing. The question is: what comes in your mind when you are loosing your game but your game has not finished yet? 1. We are going to lost the game. 2. We need to win the game. 3. We need to find the loop hole gaps to score. 4. Our team is not performing well.
SUMAN
२०७५ भदौ २७ गते १९:०३
Now this is the time to replace all the Nepali football players by taking new talented players with good heights……
Bharati giri
२०७५ भदौ २७ गते १८:५०
Over confidence and underestimate will not win the match
Kailash
२०७५ भदौ २७ गते १८:३४
पुरानै ब्यथा नेपालको ! नेपाल बाट गोल गर्ने कुनै मेस्सि को खडेरी नेपाल लाई खड्कि नै रहेको देखिन्छ अझै पनि.....
ashok bist
२०७५ भदौ २७ गते १८:२१
sad
Tapan Rajbhandari
२०७५ भदौ २७ गते १८:१७
Urayo Sapana Sabai Huri Le!! I was very curious that Nepal won this match, but unfortunately they lost that means our country NEPAL lost again!! However, do not get any fraustrated. You Players must improve the football match again..!!
bishnu gautam
२०७५ भदौ २७ गते १८:१५
Nepalese players should be humble when they win the game. They are so arrogant which makes them blind to improve the skill. Need to scrutinize their shortcomings without blaming others and making further excuses

नेपालले ऐतिहासिक मौका गुमायो, सेमिफानइलमा माल्दिभ्ससँग पराजित

२७ भदौ, ढाका । माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।

त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।

पहिलो हाफमा नै १-० ले पछि परे पनि नेपालले केही राम्रा अवसरहरु बनाएको थियो । बलमा राम्रो मुम बनाए पनि नेपालले पोस्टको दिशामा राम्रो प्रहार भने गर्न सकेन ।

२८ औं मिनेटमा ठूलो वर्षासँगै बिजुली चम्किएर केहीबेर खेल रोकिएको थियो । खेल पुनः सुरु भएपछि पहिलो हाफको बाँकी समयमा पनि नेपालले राम्रा मुभहरु बनाएको थियो ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलको ६० औं मिनेटमा निराजन खड्काको स्थानमा नवयुग श्रेष्ठ र कप्तान भरत खवासको स्थानमा अञ्जन विष्ट मैदानमा छिरे ।

दुई जना खेलाडी परिर्वतन गरेपछि नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल गर्न भने एकपछि अर्को अवसर पाए पनि चुक्यो ।

खेलको ६६ औं सुनिल बलले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोष्टको नजिकैबाट बाहिरिएको थियो । खेलको ७५ औं मिनेटमा सुमन अर्यालको स्थानमा विशाल राई मैदानमा प्रवेश गरे । सुमन अर्याललाई बाहिर ल्याउदै मिडफिल्डर विशाल राईलाई मैदानमा छिराउन साथ नेपालको डिफेन्स लाइन कमजोर देखियो ।

खेलमा नेपालले ६७ प्रतिशत समय बल नियन्त्रणमा राखेको थियो । पास एक्युरेसीमा पनि राम्रो देखिएको नेपाली टिमले पहिलो गोल फर्काउन नसक्दा नै अन्तिम समयतिर थप गोल खाएको होे ।

खेलभर नेपालले गरेको १६ प्रहारमा ४ प्रहार मात्रै पोस्टको दिशामा गएको थियो । माल्दिभ्सले १४ प्रहार गरेकोमा ७ प्रहार पोस्टको दिशामा थियो ।

खेलमा माल्दिभ्सले १६ फल गरेको थियो भने नेपालको ६ फल भएको थियो । सुरुवाती अग्रता लिएपछि रक्षात्मक बनेको माल्दिभ्सले त्यसैको फाइदा लिँदै २ गोल थप्यो ।

भाग्यमानी माल्दिभ्स

समूह चरणमा श्रीलंकासँग गोलरहित बराबरी खेलेका माल्दिभ्स भारतसँग २-० ले पराजित भएको थियो । श्रीलंका पनि भारतसँग २-० ले नै पराजित भएपछि सेमिफाइनलका लागि भएको टसमा माल्दिभ्सले बाजी मारेको थियो ।

समूह चरणमा एक गोल पनि नगरी सेमिफाइनल आएको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३ गोल गरेको हो ।

नेपाल भने समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ४-० ले हराएको नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई २-० ले हराएर सेमिफाइनल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

7%

खुसी

72%

दुःखी

3%

अचम्मित

1%

उत्साहित

16%

आक्रोशित

ट्रेन्डिङ

Advertisment