Comments Add Comment

नेकपाको स्कूलका १४ देशका विद्यार्थीलाई प्रशिक्षण

२८ भदौ,काठमाडौं । विश्वका कम्युनिस्ट र समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्तर्राष्ट्रिय कम्युनिस्ट विद्यालय पनि शुरु गरेको छ । मदन भण्डारी एसियन स्कूलमा नेपालसहित १४ देशका कम्युनिस्ट कार्यकर्तालाई दीक्षित गरिदैछ ।

खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले २० दिनअघि उद्घाटन गरेर शुरु भएको माक्र्सवादी कक्षा शुक्रबार अर्का अध्यक्ष प्रचण्डले समापन गर्दैछन् । मदन भण्डारी एसियन स्कूलले वर्षमा तीनवटा सत्रमा यस्तो कक्षा सञ्चालन गर्ने योजना बनाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।

१४ देशका ४२ जना विद्यार्थी (कार्यकर्ता) सहभागी स्कूलमा विश्व कम्युनिस्ट आन्दोलन, माक्र्सवाद लेनिनवादको सान्दर्भिकता, पुँजीवाद र समाजको विकास लगायत विषयबस्तुमा प्रशिक्षण दिइएको छ ।

यो सत्रमा नेकपाका नेताहरु माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, प्रदीप ज्ञवाली, डा.विजय पौडेल, गोविन्द ज्ञवाली, राधा ज्ञवाली, डा.रमेश पौडेललगायतले कक्षा लिएका छन् । स्कूलमा दक्षिण अफि्रका र अमेरिकाका प्राध्यापकले पनि कक्षा लिएका छन् ।

यस्तो खाले कम्युनिस्ट स्कूल दक्षिण अफ्रिका, ब्राजिललगायतका देशमा पनि सञ्चालन हुने गरेका छन् । केही समयअघि माधव नेपाल र नारायणकाजी श्रेष्ठले ब्राजिलको कम्युनिस्ट स्कुलको अध्ययन गरेर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment