Comments Add Comment

नेकपा प्रवक्ता श्रेष्ठ चीन भ्रमणमा

२९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि शुक्रबार अपराह्न बेइजिङ प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा उनले बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागका पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भ्रमणकै दौरान प्रवक्ता श्रेष्ठले उच्च चिनियाँ राजनीतिक नेतृत्व र चीन सरकारका वरिष्ठमन्त्रीसँग पनि नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने उनका स्वकीय सचिव सुशन कर्मचार्यले जानकारी दिए ।

भ्रमण दलमा १५ जना छन् । श्रेष्ठ असोज ४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment