Comments Add Comment

एसिया कप : हङकङका कप्तान रथ भन्छन् – हामी कमजोर छैनौं

३१ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तान र भारतसँग खेल्ने हङकङ टिमका कप्तान अंशुमन रथले खेल नहुँदै आफूहरु कमजोर छौं भनेर नसोच्ने बताएका छन् ।

पहिलो खेलमा आइतबार पाकिस्तानको सामना गर्नुअघि उनले क्रिकेटको मजा उठाउने र आफू अनुकुल खेल खेलेर अघि बढ्ने बताएका छन् ।

नेपाल, मलेसिया, ओमन, सिंगापुर र युएईलाई पछि पार्दै एसिया कपमा स्थान बनाएको हङकङका कप्तान रथ भन्छन्, ‘हामीले एसिया कपमा दबाव महसुस गरेका छैनौं । हामी एशोसिएट टिमले पनि ठूला भनिएका टिमविरुद्ध खेल्न सक्छन् भनेर देखाउँदै छौं ।’

‘हामीलाई यो प्रतियोगितामा धेरैले विचार गरिरहेका हुने छन् । यो क्रिकेट खेल हो । यहाँ जे पनि हुन सक्छ’ आईसीसीसँग उनले भनेका छन् ।
हङकङसँग अफगानिस्तान र बंगलादेशलाई हराएको इतिहास पनि रहेकाले टेस्ट मान्यता प्राप्त देश भनेर डराउनुपर्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment