Comments Add Comment

सरकार उडिरहेको छ, गन्तव्यमा पुगेपछि गति देखिन्छः मुख्यमन्त्री पौडेल

३० भदौ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको काम गर्न नसकेको आरोपको खण्डन गरेका छन् ।

कानुन निर्माणको क्रममा रहेको भन्दै उनले प्रदेश सरकारको काम देखिन केही समय देखिने बताए । ‘अहिले हामी जहाजमा उडिरहका छौं, उडेको समयमा जहाजको गति थाहा हुँदैन । गन्तब्यमा पुगेपछि जहाज उडेको दुरी थाहा हुन्छ’ उनले भने, ‘प्रदेश सरकार पनि अहिले उडिरहेको छ ।’

प्रदेश सरकार नीति तथा योजना आयोग र नेपाल उद्योग परिसंघको आयोजनामा भएको प्रदेश नं. ३ को समृद्धिको मार्गचित्र विषयक अन्तरकृयामा मुख्यमन्त्री पौडेलले हरेक क्षेत्र मिलेर अघि बढे मात्र विकास र आर्थिक समृद्धि सम्भब रहने बताए । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितबाट मुलुकको अर्थतन्त्र सुदृढ हुने भन्दै उनले आपसी सहकार्यबाट समृद्धिको ढोका खोल्न सकिने बताए ।

उनले उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्न ठोस कार्ययोजना भए संरचनाहरु तयार गर्न सरकार तत्पर रहेको बताए । उद्योगहरु प्रतिस्पर्धी, आयतलाई प्रतिस्थापन गर्ने र निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने खालका हुन् भन्ने अपेक्षा प्रदेश सरकारको रहेको बताए । निजी क्षेत्रको लगानी प्रवर्धनमार्फत् उच्च आर्थिक बृद्धि र रोजगारीका अवसर सिर्जना गर्न प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य हुनु पर्ने बताए ।

मुख्यमन्त्री पौडेलले निजी क्षेत्रसँग सहकार्य गरेर सुरुङ मार्गलगायत अन्य ठूला परियोजना निर्माण गरिने जानकारी दिए ।

कार्यक्रममा ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले स्रोत र साधन प्रयोग गरी सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनामा अगाडि बढ्ने बताए । ३ नम्बर प्रदेश सौन्दर्य, वातावरण, संस्कृति, पर्यावरणको उत्कृष्ठ भएको कारण पर्यटन सम्भावन धेरै रहेको उनको भनाइ थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले समृद्ध मुलुक निर्माणमा नीजि क्षेत्रको सहयोग अपरिहार्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment