+
+

यू-१९ क्रिकेटः नेपालले अफगानिस्तानलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते २:००

३१ भदौं, काठमाडौं । नेपालले यू-१९ एकदिवसीय क्रिकेट श्रृखलामा अफगानिस्तानलाई २५ रनले पराजित गरेको छ ।

नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित हात पार्दा नायक बने पवन सर्राफ र सागर ढकाल ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन ३ बल बाँकी छँदा सबै विकेटको क्षतिमा १८९ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले अविजित ७८ रनको पारी खेले ।

खराब सुरुवात गरेको नेपालले ४ रन हुँदा २ विकेट गुमाएको थियो । ७ रन हुँदा अर्को विकेटको रुपमा कप्तान आशिफ शेखलाई गुमाएको नेपालले ५४ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

तर, सातौ नम्बरमा आएका पवनले उत्कृष्ट ब्याटिङ गर्दै ९६ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ७८ रन बनाए । त्यस्तै नेपालका लागि सुन्दीप जोराले २८ र राशिद खानले २४ रन बनाए ।

अफगानिस्तानका लागि नविद कविरले ३ विकेट लिए ।

१९० रनको लक्ष्य पछ्याएको अफगानिस्तानले राम्रो प्रदर्शन गर्न सकेन । तुलनात्मक रुपमा राम्रो सुरुवात गरेको अफगानिस्तानकको विकेट पतन ४० रनबाट सुरु भयो । नेपालले एकपछि अर्को विकेट लिएपछि अपगानिस्तानले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १६४ रन मात्रै बनाउन सक्यो ।क

नेपाललाई जित दिलाउन सागर ढकालले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ३ ओभर मेडन राखेर मात्र २९ रन खर्चिदै ४ विकेट लिए । कमलसिंह ऐरी र राशिद खानले समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?