+
+
Shares

नाजिर र नीता उत्कृष्ट नायक-नायिका, प्रदिप र प्रियंका पपुलर

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३१ गते २०:१८

काठमाण्डौको राष्ट्रिय सभा गृहमा आयोजना भएको ‘तेश्रो सिनेमा सर्कल अवार्ड’मा नायक नाजिर हुसेन र नायिका नीता ढुंगाना उत्कृष्ट हुन सफल भएका छन् । नीताले चलचित्र ‘पञ्चायत’बाट अवार्ड जित्दा नाजिरले चलचित्र ‘तिमी सँग’बाट अवार्ड जितेका हुन् । कार्यक्रममा निर्देशक किशोर रानालाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो ।

उप-राष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा बलिउडका चर्चित नायक गोविन्दा विशेष अतिथीको रुपमा उपस्थित थिए । अवार्ड समारोहमा नायक पुष्पल खड्कालाई चलचित्र ‘मंगलम’बाट क्रिटिक्स अवार्ड प्रदान गरियो । प्रदिप खड्काले चलचित्र ‘लिलिबिली’बाट ‘पपुलर नायक’को अवार्ड जिते भने प्रियंका कार्कीले चलचित्र ‘छक्का पन्जा २’मा ‘पपुलर नायिका’को अवार्ड प्राप्त गरिन् ।

यस्तै, उत्कृष्ट चलचित्र ‘तिमी सँग’ हुन सफल भयो भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘भुइँमान्छे’बाट नवराज वुढाथोकीले जिते । यस्तै, अवार्डमा उत्कृष्ट छायांकारको अवार्ड ‘भुइँमान्छे’बाट बिदुर पाण्डे, उत्कृष्ट संगीतकारको अवार्ड अर्जुन पोखरेलले चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट जिते ।


उत्कृष्ट कोरियोग्राफरको अवार्ड कविराज गहतराजले चलचित्र ‘२ रुपैयाँ’बाट जित्दा उत्कृष्ट पर्दाको जोडीको अवार्ड ‘ऐश्वर्य’बाट नायक रमेश उप्रेती र नायिका दीपिका प्रसाइले जितेका छन् । यस्तै, उत्कृष्ट द्धन्द्ध निर्देशकमा ‘कृ’बाट चन्द्र पन्त, उत्कष्ट पाश्र्व गायिकामा ‘२ रुपैयाँ’बाट मेलिना राई, उत्कृष्ट पाश्र्व गायकमा ‘म यस्तो गीत गाउँछु’बाट सुगम पोखरेल, उत्कृष्ट पटकथामा ‘तिमीसँग’बाट शिशिर राणा, सुशिल क्षेत्री, सुमन उप्रेती र सागर ओझा, उत्कृष्ट पाश्र्व संगीतमा ‘लिलिबिली’बाट एलिस कार्की, उत्कृष्ट सम्पादनमा ‘शत्रु गते’बाट मित्र डी गुरुङले अवार्ड प्राप्त गरे ।

चलचित्र ‘पञ्चायत’ले कमेन्डेबल मुभीको अवार्ड प्राप्त गर्दा बर्षकै पपुलर गीतको अवार्ड ‘२ रुपैयाँ’बाट ‘कुटुमा कुटु’ले जित्यो । उत्कृष्ट स्टन्ट अफ द इयरको अवार्ड ‘पीजडा ब्याक अगेन’बाट सिम्पसन तामाङ, उत्कृष्ट ट्रेलर ‘कृ’बाट सुरेन्द्र पौडेल र उत्कृष्ट पोष्टरको अवार्ड ‘शत्रु गते’बाट शान थापा र बिजय बस्यालले प्राप्त गरे ।

कार्यक्रममा नायक सलोन बस्नेत र नायिका सारा सिर्पालीले चलचित्र ‘सुश्री सम्पत्ती’मा समावेश ‘हुकुम’ बोलको गीतमा नृत्य गरेका थिए भने कोरियोग्राफर गम्भिर बिष्टले नायक गोविन्दाका केही चर्चित गीतमा नृत्य गरेका थिए ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?