Comments Add Comment

सहकारीको ताला फोडेर ९ लाख रुपैयाँ चोरियो

१ असोज, पोखरा । पोखराको मुख्य बजार सिर्जनाचोकमा गएराति सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ ।

पोखरा महानगरपालिका ८ सिर्जनाचोक भन्दा करिब ५० मिटर माथि रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थामा सटरको चाबी फोडेर ९ लाख १४ हजार ४ सय ५ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

आइतबार बैंकमा जम्मा गर्न ढिलाइ भई सहकारीको कार्यालयमा नै धेरै रकम भएको बेला चोरी भएको देखिएको छ । सुरक्षा गार्ड र सिसी क्यामरा दुबै नभएको मौका पारेर दराजको सेफभित्र राखेको रकम चोरी भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सेफमा चावी नलगाउँदा चोरले सजिलै चोरेर लगेको देखिएको प्रहरीले जनाएको छ ।

चोरी भएको विहान मात्र थाहा भएको थियो । सहकारी नजिकैको होटलका कर्मचारीले सोमबार विहान ९ बजे चावी फोडिएको देखेपछि सहकारी सञ्चालकलाई खबर गरेका थिए ।

लगत्तै सहकारीका व्यवस्थापक सुनिता पाण्डेले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment