Comments Add Comment

उसो भए निखिललाई नोमिनेशनमा किन पारियो ?

नोमिनेशनमा नै परेको व्यक्ति अवार्ड वितरणका लागि स्टेजमा चढ्दा के होला ? जो व्यक्ति अवार्ड पाउन योग्य छ भन्दै नोमिनेशनमा पर्छ, सोही व्यक्तिलाई सोही विधाको अवार्ड वितरणका लागि स्टेज चढाइनु अवार्ड र सो व्यक्तिप्रतिकै भद्दा मजाक होइन र ?

यदि त्यस्तो हो भने, आइतबार आयोजना भएको ‘सिनेमा सर्कल अवार्ड’को आयोजकले नायक निखिल उप्रेती र आफ्नो अवार्डमाथि नै भद्दा मजाक गर्‍यो ।

नायक निखिल उप्रेती र नायिका सारा सिर्पाली ‘पर्दाका उत्कृष्ट जोडी’ विधामा नोमिनेशनमा थिए । तर, यो विधाको अवार्ड वितरणका लागि नायक निखिल उप्रेती र नायिका संचिता लुइटेललाई नै स्टेजमा लगियो । निखिलले बन्द खाम खोले र नायक रमेश उप्रेती र नायिका दीपिका प्रसाइलाई उत्कृष्ट जोडीको रुपमा घोषित गरे ।

प्राय अवार्ड कसले पाउँदैछ भन्ने कुरा जुरी बाहेक अरुलाई थाहा हुँदैन । अवार्ड पाउने व्यक्तिको नाम स्टेजमा पुगेर बन्द खाम खोलेपछि मात्र सार्वजनिक हुन्छ । तर, निखिलले अवार्ड पाउदैनन् भन्ने पहिले नै थाहा भएर हो कि किन हो, आयोजकले उनलाई नै अवार्ड वितरण गर्न लगायो ।

निखिल उप्रेतीलाई अवार्ड वितरणका लागि अरु विधामा स्टेज चढाएको भए कति राम्रो हुन्थ्यो होला ? तर, नोमिनेशनमा परेर अवार्डका हकदार बनेका निखिलले अवार्ड पाएको भए के उनले आफ्नो अवार्ड आफैलाई दिन्थे होलान् ?

‘राम्रा भन्दा हाम्रा’लाई अवार्ड दिएर नेपालको अवार्डको नै बदनाम गरिरहेका आयोजकले यस्ता खालका कुरामा ध्यान नदिनु कतिसम्मको भूल होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment