Comments Add Comment

‘ए’ डिभिजन लिगको ट्रफी प्रदर्शन

१ असोज, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको ट्रफी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रदर्शन गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ट्रफी प्रदर्शनमा राखेको हो । एन्फाले यही असोज १३ गतेदेखि ए’ डिभिजन लिग फुटबल सञ्चालन गर्दैछ । ४ वर्षदेखि रोकिएको यो लिगमा यसपटक १४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

ट्रफी प्रदर्शन कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले यो लिगलाई सफल बनाउने दाबी गर्दै आगामी वर्षदेखि राष्ट्रिय लिग र एन्फा प्रेसिडेन्ट कप पनि सञ्चालनमा ल्याउने बताए ।

कार्यक्रममा नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जन, चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेका बिक्रम लामा, गायिका इन्दिरा जोशी लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment